विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश


काठमाडौँ । सरकारी खरिद प्रतिस्पर्धा नै ह्याक गरेको अभियोगमा पक्राउ गरेका कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्काको इजलासले कर्मचारी र विभिन्न निर्माण कम्पनीका सञ्चालकसहित २२ जनाविरुद्ध दायर भएका मुद्दामा १२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

१० जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।