सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन


काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ।

वैशाख २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन्।

समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन्।

समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।