विपक्षी दलले गरे संसद् बैठक बहिष्कार


काठमाडौं । तीन दलले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।