काठमाडौं, जेठ १ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अङ्क तालिकामा पञ्जाव १२ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्गसबीच खेल हुँदैछ ।




प्रतिक्रिया