हर्कको आक्रोस: संसद्‍मा उठेका प्रश्नको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ?


काठमाडौं, जेठ १ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह डरपोकको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले संसद्‍मा उठेका प्रश्नहरूको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने। जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन।’