‘करेन्ट’ ‘लाली चाउचाउ’ र ‘क्रयाकर’ बिस्कुट अस्वस्थकर रहेको विभागको ठहर


काठमाडौं । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
साथै, विभागले अर्को सूचना जारी नभएसम्म ती उत्पादन बिक्री वितरण नगर्न पनि आदेश दिएको छ ।

बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको उल्लेख छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधानबमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता लिन आदेश दिइएको छ ।

यस्तै, विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ पनि गुणस्तरहीन रहेको भन्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।