उच्च पदस्थहरुलाई धम्क्याउने पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


काठमाडौं। उच्च पदस्थहरुको ज्यान लिने भन्दै धम्क्याउने प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पाठकसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।