इँटाको चाङमा च्यापिएर तीन मजदुरको मृत्यु, दुई जना घाइते


काठमाडौं, जेठ १ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार आज साँझ बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेको प्रहरी जनाएको छ । मृतक तीनै जना उक्त उद्योगमा काम गर्दै आएका मजदुर रहेका छन् ।

घटनामा मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । file photo