कांग्रेसले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्दै


काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्ने भएको छ । छलफलका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई बोलाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समितिले जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्न भन्दै बोलाएको हो । जसमा १८ जना जेनजी अगुवालाई पत्र पठाइएको छ ।

जेनजी अगुवासँगको छलफलमा सभापति गगन थापा, संविधानविद तेजमान श्रेष्ठ, प्राडा. कृष्ण खनाललगायत सभागी हुने कांग्रेसले जनाएको छ ।