सुकुम्बासीले गरे बुटवलमा प्रदर्शन


बुटवल । देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् । उचित व्यवस्थाविना अव्यवस्थित बसोबासी तथा भूमिहीनलाई हटाउन नहुने भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको सुकुम्बासीको प्रदर्शनको अगुवाइ नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले गरेको थियो । उनीहरुको प्रदर्शन स्थानीय मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी भएको दाबी गरिएको छ । सरकारले विकल्पविना गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर लखेट्ने कार्य गरेको भन्दै विरोधमा प्रदर्शन गरिएको थियो ।