काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवापुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसर माग्नु स्वाभाविक भएको बताएका छन् ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा पोखरेलले उक्त कुरा बताएका हुन् ।
तर आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सके मात्र नेतृत्व विकास हुने पोखरेलले स्पष्ट पारे । पछिल्लो समय समाजमा पुरानाले गरेनन् भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसबाट प्रभावित नहुन पनि उनले एमालेका कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
समाजको विकास केवल एउटा पुस्ताको प्रश्न नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग सम्बन्धित विषय भएको उनको धारणा छ ।




प्रतिक्रिया