काठमाडौं, जेठ ४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । हिजो राती भएको खेलमा राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।
हिजै भएको अर्काे खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्सलाई २३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो । आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।




प्रतिक्रिया