काठमाडौँ । संसदको १५ असारसम्मको क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विषय नआएपछि प्रतिनिसधभामा प्रश्न उठेको छ ।
नेकपा सांसद बलावती शर्माले सदनको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नआएको भन्दै प्रतिनिधिसभा नियमावलीको स्मरण गराएकी छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको छ ।
उनले भनिन्, ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्था कार्यान्वयन होस् ।’




प्रतिक्रिया