काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध परेका रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा नियमावलीमाथि छलफल चलिरहेका बेला रास्वपा सांसद यज्ञमणि न्यौपानेले विशेष समय लिएर कामु प्रधानन्यायाधीश मल्लको कदमप्रति नियमापत्ति जनाएका हुन्।
अधिवक्तासमेत रहेका सांसद न्यौपानेले अदालतको प्रशासनिक र न्यायिक कार्यविधिको स्थापित मूल्य मान्यताविपरीत मल्लको आदेश आएको जिकिर गरे।




प्रतिक्रिया