काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले कानुन निर्माण र जनजीविकाको सवालमा सदनमा सबै दलहरुले दलीय चश्मा फुकाल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा आचार्यले सदनमा सत्तापक्ष र प्रतिपक्ष एकले अर्काको जस्तोसुकै राम्रो प्रस्तावलाई पनि अस्वीकार गर्ने गलत भाष्यको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
कानुन निर्माण र जनजीविकाको सवाललाई दलीय आधारमा नभई गुण र दोषको आधारमा निर्णय गर्न सक्ने गरी सदनलाई अघि बढाउनुपर्नेमा सांसद आचार्यले जोड दिएका छन् ।




प्रतिक्रिया