काठमाडौं । आज सर्वोच्च अदालतमा देखिएको घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानुन व्यवसायीहरूले लालटिन बाल्ने भएका छन् ।रिट निवेदन दर्ता हुन नसकेको विरोधमा भोली लालटिन बालेर विरोध गर्ने
सोमबार बसेको नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ ।




प्रतिक्रिया