काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बजारमा व्याप्त कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल बजार हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लामाले चर्को मूल्यवृद्धिका कारण आम सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै सरकारको कडा आलोचना गरिन् ।
सांसद लामाले उपभोक्तालाई प्रत्यक्ष राहत दिनका लागि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा सरकारले लगाउँदै आएको करको दरमा तत्काल पुनरावलोकन गर्नुपर्ने माग अघि सारेकी छन् । मौजुदा संरचना र कर प्रणालीमा व्यापक हेरफेर र सुधार नगरेसम्म सर्वसाधारणले राहत पाउन नसक्ने उनको ठम्याइ छ ।
देशमा दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि सर्वसाधारणको न्यूनतम पीडा र आधारभूत समस्याहरू सम्बोधन हुन नसक्नु दुःखद र विडम्बनापूर्ण भएको सांसद लामाको भनाइ छ ।




प्रतिक्रिया