काठमाडौँ । सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर आपत्ति जनाउँदै कानून व्यवसायीहरू आन्दोलित बनेका छन् । अदालतमा रिट निवेदन दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधस्वरूप कानून व्यवसायीहरूले आज दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन् ।
नेपाल बार एसोसिएसनको पूर्वघोषित निर्णयअनुसार आज दिउँसो ठीक १ बजे बारको केन्द्रीय कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरूले हात–हातमा लालटिन बोकेर विरोध जनाएका हुन् । अदालतमा न्यायको ढोका थुनिएको र विधिको शासन संकटमा परेकाले सत्य र न्यायको खोजीमा प्रतीकात्मक रूपमा लालटिन बाल्नुपरेको बारले जनाएको छ ।




प्रतिक्रिया