काठमाडौं । एअर गनसहित गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीबाट कालो रंगको इनामेल लगाएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया