जसपा नेपाल मधेस संसदीय दलको नेतामा यादव


जनकपुर । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको हो ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेस प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय रहेका थिए ।

मधेस प्रदेशसभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेस प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालका दुई जना प्रदेशसभा सदस्य हाल निलम्वनमा छन् ।