घुससहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुससहित औडी सडक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

यादवसँग थप रकमसमेत रहेको आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।