रास्वपाका महामन्त्री भन्छन्- सरकारले नेपाली जनतालाई निराश हुन दिँदैन


पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीले जनतालाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिइने बताए ।

उनले जनताको निराशालाई आशामा बदल्न परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै काम गर्नका लागि समय र स्थिरता आवश्यक हुने धारणा राखे ।