ओलीको साथमा उभिए महेश,भने–’संकटको बेलामा नेतृत्वको संरक्षण गर्नुपर्छ’


काठमाडौं । नेकपा एमाले सचिवालय बैठक हिजोदेखि गुण्डुमा जारी छ । जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका छन् ।

यसैबीच एमाले सचिव महेश बस्नेतले भने अध्यक्ष ओलीलाई खुलेर साथ दिएका छन् ।

बस्नेतले आज बोल्दै पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन् ।

‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ । संरक्षण गर्नुपर्छ,’ बस्नेतले भनेका छन् ।