काठमाडौं । “समयमा काम, तत्काल परिणाम” भन्ने नारासहित स्वतन्त्र नागरिक अभियान नेपालले देशको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे गम्भीर बहस तथा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘बृहत घोषणा कार्यक्रम’ को आयोजना गरेको छ । भोली(जेठ १०) मा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्न लागेको वरिष्ठ पत्रकार तथा अभियानका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।
आइतबार दिउँसो १ बजे सुरु कार्यक्रममा देशको वर्तमान राजनीतिक दिशा, आर्थिक संकट, सामाजिक असन्तुलन तथा जनतामा बढ्दो निराशाबारे धारणा सार्वजनिक गरिने बताइएको छ।
पछिल्लो समयमा रास्वपा सरकारले गरिरहेको विभिन्न गतिविधि, दलहरूबीचको शक्ति संघर्ष, पेट्रोलियम पदार्थको मुल्यवृद्री तथा आर्थिक मन्दीका विषयले व्यापक बहस सिर्जना गरिरहेका बेला स्वतन्त्र नागरिक अभियान नेपालको यो घोषणा कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कार्यक्रममा विविध क्षेत्रका बुद्धिजीवी, युवा, समाजसेवी, पत्रकार, व्यवसायी तथा आम नागरिकको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत समसामयिक राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा, नागरिक आवाज र अभियानको आगामी रणनीतिबारे समेत छलफल तथा बहस हुनेछ ।




प्रतिक्रिया