आईपीएल : पञ्जाबले लखनउलाई हरायो, आज मुम्बई र राजस्थान तथा कोलकाता र दिल्लीबीच खेल हुँदै


काठमाडौं, जेठ १० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । हिजो भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स तथा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच खेल हुँदैछ ।