काठमाडौं । तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।
सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१मा बसेको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको तरुण दलको नेतृत्व पुनः व्यवस्थित गर्न उक्त जिम्मेवारी दिइएको हो।
सभापति थापाले कोइरालालाई निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरेको जनाइएको छ।




प्रतिक्रिया