७१ करोड आर्थिक सहयोग गरेर बनाएको बाल अस्पतालको साँचो हस्तान्तरण


काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेर बनाइएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको साँचो हस्तान्तरण गरेको छ । बुढानीलकण्ठमा निर्माण भएको उक्त साँचो अस्पतालका अध्यक्ष डा.भगवान कोइरालालाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सेवा प्रमुख आवश्यक रहेको बताउँदै अध्यक्ष गुरुङले बाल स्वास्थ्यको रक्षा देशको उच्च प्राथमिकता बन्नुपर्ने बताए ।

गुणस्तरीय उपचार हुन सकियोस् भनेर अस्पतालको निर्माण गरिएको उनले बताए । पूर्वप्रधानमन्त्री शुशीला कार्कीले भारतमा ताज महल बनेजत्तिकै नेपालमा बाल अस्पताल बनेको बताइन् । श्री श्री जगतगुरु शंकराचार्यले उद्घाटन गरेका थिए ।