गरिबलाई गरिखाने वातावरण बनाउनेगरि बजेट ल्याउछौँ :मुख्यमन्त्री


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् ।

आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उनले कुनै दलको नभई सबै राजनीति दलको साझा नीति, कार्यक्रम र बजेट आउने बताए ।

प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।