मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


काठमाडौं । भदौ २३ र २४ मा गतेको घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानको नेतृत्वमाआयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

“मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर”, “जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर”, “न्याय चाहिन्छ, भ्रम होइन”, “दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरुले नारा समेत लगाएका थिए ।