कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बिहिबार बिहान ११: ३० बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।  बैठकका एजेण्डाबारे भने खुलाइएको छैन ।