रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पुगे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पुगेका छन् ।

लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझ्नको लागि पुगेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।