सरकारले गर्यो ट्रेड युनियन निकटका २० कर्मचारीलाई दुर्गममा सरुवा


काठमाडौं । सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाए अनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो ।