भक्तपुर, सूर्यविनायक नगरपालिका-४ हर्षचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-३ घर भएका २२ वर्षीय विराट घलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१४ खयरघारी बस्ने ४८ वर्षीया मित्रा देवी स्याङतानलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया