काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।
आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गरेर उनले राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गरेर महिला अधिकारको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै आङ्देम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने बताएका छन् ।
‘दिवसले महिला अधिकारप्रति थप जागरण फैलाउँदै लैङ्गिक समानता, सामाजिक न्याय र समृद्धिको यात्रालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ दलका नेता आङ्देम्बेले भनेका छन् ।



प्रतिक्रिया