काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो प्रायजसो सहरमा ‘मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशका अधिकांश भागमा दिनभर बादल लाग्ने र वर्षा हुने देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।
दिउँसोको समयमा तराईका केही जिल्लाहरूमा भने गर्मीको महसुस हुनेछ। धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने दिपायलमा ३३ देखि ३५ डिग्री सेल्सियस रहनेछ। गर्मी भए तापनि यी क्षेत्रमा दिउँसो वर्षाको सम्भावना भने २० देखि ४० प्रतिशतको हाराहारीमा मात्र रहेको छ।
देशको सङ्घीय राजधानी काठमाडौँमा दिउँसो र राति दुवै समयमा ४० प्रतिशत सम्भावित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। काठमाडौँको आजको अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियस रहनेछ भने रातिको न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ।




प्रतिक्रिया