काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । संसदीय दलको कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन् । उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह छन् ।
कोषाध्यक्षमा डा.शाहजान खातुन र कार्यसमितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत गरेका छन् ।
१२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन् ।
२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।




प्रतिक्रिया