अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ


ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५० ग्राम र डिजिटल तराजु २ थान सहित बारा सिम्रौनगढ नगरपालिका-७ घर भएका २५ वर्षीय सेख असरफ अलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-१ गिरदलिया जोगिधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ अमरदह बस्ने ३६ वर्षीय रूष्तम मियाँलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट केचनाबाट खटिएको प्रहरीले बीआर ३७ एएच २८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।