जेरुसेलम, २१ जेठ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले लेबनानसँगको युद्ध–विरामको बावजुत हेजबुल्लाहले इजरायल तथा इजरायली समुदाय माथि आक्रमण गरेमा लेबनानको सेनालाई बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता“ प्रदान गरेको र दक्षिणी लेबनानमा अपरेसन जारी रहने बताएको छ ।
काट्जले विज्ञप्ति जारी गर्दै आईडीएफले आफ्नो अपरेसनहरू जारी राख्ने बताएको छ भने युद्ध–विराम सम्झौताको प्रशंसा गरेको छ ।
इजरायली सेनाले इजरायली समुदाय र इजरायली क्षेत्रमा गोली हानाहानको प्रतिक्रियामा बेरुतमा आक्रमण गर्न अमेरिकी समर्थनका साथ स्वतन्त्रता कायम राखेको उनले बताएको छ ।
गत अप्रिल –१७ मा प्रारम्भिक युद्ध–विराम लागु भए देखि इजरायलले आफ्नो उत्तरी सीमाबाट केहि टाढा लेबनानको क्षेत्र भित्रको क्षेत्रमा पनि संकेत रेखा स्थापना गरेको जनाइएको छ ।
काट्जले वासिङ्टनको मध्यस्थतामा भएको पछिल्लो युद्ध–विराम सम्झौताले लेबनानमा हेजबुल्लाहलाई निशस्त्र बनाउन आह्वान गरेको बताएको छ ।
युद्ध–विरामले “लिटानी नदीको दक्षिणको सम्पूर्ण क्षेत्रबाट हेजबुल्लाहलाई हटाउने र त्यस क्षेत्रलाई एक सैन्य मुक्ति क्षेत्रका रुपमा सिर्जना गर्ने शर्त राखेको उनले उल्लेख गरेको छ ।
इजरायली सेनाको अरबी भाषाका प्रवक्ता, कर्नल अविचे अद्राईले दक्षिणी लेबनानका बासिन्दाहरूलाई अर्को सूचना नआउन्जेल जह्रानी नदीको दक्षिण तिरको क्षेत्रमा नजान चेतावनी दिएको छ ।
इजरायली रक्षा बलले हेजबुल्लाह सुविधाहरू र उनीहरुका सैन्य पूर्वाधारहरू लाई लक्षित गरी आक्रमण तथा अप्रसन गरिरहेको उल्लेख गर्दै दक्षिणी लेबनानमा लडाइँ जारी रहेको उहाँले सामाजिक सञ्जाल एक्स मार्फत बताएको छ ।
गत हप्ता, इजरायली सेनाले लेबनानको जह्रानी नदीको दक्षिणका सबै क्षेत्र तथा सीमाबाट करिब ४० किलोमिटर टाढा तथा टायर र नबातीह सहरहरू सहितका क्षेत्रहरुलाई “युद्ध क्षेत्र“ घोषित गर्दै बासिन्दाहरूलाई उक्त स्थान छिटै खाली गर्न आह्वान गरेको थियो । रासस



प्रतिक्रिया