चितवनमा लायन्स इन्टरनेशनलको दुईदिने क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सुरु


चितवन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको दुई दिने ‘डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ प्रोग्राम’ चितवनको सोल्टी रिसोर्टमा आजबाट सुरु भएको छ ।

लायन वर्ष २०२६–२०२७ का लागि “Leading With Purpose” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन क्लबका अन्तर्राष्ट्रिय निर्देशक वालकृष्ण वुर्लाकोटीले गरे ।


कार्यक्रममा जिल्ला क्याबिनेट पदाधिकारीहरूलाई नेतृत्व विकास, संगठन सञ्चालन, सेवा कार्यक्रम व्यवस्थापन, प्रभावकारी सञ्चार तथा वार्षिक कार्ययोजना निर्माण सम्बन्धी अभिमुखीकरण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीले यस्ता स्कुलिङ कार्यक्रमहरूले पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने बताए ।

उनले सेवा, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि प्रशिक्षण कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रममा ओसो आनन्द अरुण, हिमालयन जाभाका महानिर्देशक दिवाकर ओझा लगायतले शुभकामना मन्तव्य राखे ।

विश्वकै अग्रणी सामाजिक सेवा संस्थामध्ये एक लायन्स इन्टरनेशनलले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामुदायिक विकासका क्षेत्रमा विश्वभर निरन्तर सेवा प्रदान गर्दै आएको छ। कार्यक्रम शनिबारसम्म सञ्चालन हुने जनाइएको छ।

Skip This

Omoda E5 Pro