पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसुर ) मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ ।



प्रतिक्रिया