प्रधानमन्त्री ज्यु ले ​सुधन गुरुङलाई नै पुनः गृहमन्त्री बनाउनुहुन्छ : ऋषि धमला


काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङलाई नै पुनः गृहमन्त्री बनाउने दाबी गरेका छन् । देशका विभिन्न जिल्लाको भ्रमण सकेर आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै धमलाले अहिलेसम्म गृह मन्त्रालय खाली राख्नुको मुख्य कारण नै गुरुङलाई पुनः भित्र्याउने प्रधानमन्त्रीको तयारी रहेको बताए ।


`राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८२ सांसद छन् र अरू विकल्प पनि थिए, नत्र प्रधानमन्त्रीले अगाडि नै कसैलाई बनाइसक्नुहुन्थ्यो । तर अहिलेसम्म गृहमन्त्री पद खाली राख्नुको कारण नै सुधन गुरुङलाई पुनः ल्याउनलाई हो,´ धमलाले भने ।

कुनै चमत्कार नभएमा अहिलेको अवस्थामा प्रधानमन्त्री शाह गुरुङलाई नै फेरि गृहमन्त्री बनाउन पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ ।


देश दौडाहाका क्रममा विभिन्न जिल्लाको भ्रमण गरेका धमलाले सुस्ता क्षेत्र पुग्दा नेपालले भारतको भूमि मिचेको तथ्य नपाइएको जानकारी दिए । त्यस्तै उनले भारतको विरोध गरेर मात्र देशको विकास नहुने बताए ।

साथै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको रुरु क्षेत्रमा ल्याएर धार्मिक पर्यटनको प्रवर्धन गर्ने आफ्नो योजना रहेको समेत उनले जानकारी दिए ।

Skip This

Omoda E5 Pro