संसद्को गतिरोध अन्त्य गर्न रविको आग्रह, विपक्षीले भने– ‘छलफल गरेर निर्णय दिन्छौँ’


काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा जारी गतिरोध अन्त्यका लागि विपक्षी दलहरूसँग आग्रह गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सभापति लामिछानेले विपक्षी दलहरूलाई सदन सुचारु गर्न सहयोग गर्न अनुरोध गरेका थिए । पछिल्लो राजनीतिक घटनाक्रम र विवादबारे सरकारको धारणा परराष्ट्र मन्त्रालयमार्फत प्रष्ट भइसकेको भन्दै लामिछानेले आवश्यक परेमा सदनमै पनि सरकारका तर्फबाट थप स्पष्टीकरण दिन तयार रहेको प्रतिबद्धता जनाए ।

जवाफमा विपक्षी दलका नेताहरूले भने आन्तरिक छलफल गरेर मात्रै संसद् खुलाउने विषयमा अन्तिम निर्णयमा पुग्ने बताएका छन् ।

Skip This

Omoda E5 Pro