प्रधानमन्त्रीलाई भनाइ सच्याउन साम्पाङको चेतावनी


काठमाडौँ । सांसद हर्क साम्पाङले सीमा सुरक्षाका लागि नेपाली सेनालाई सीमानामा तैनाथ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले मुलुकको सार्वभौमसत्ता र भूगोल रक्षाका लागि सेनालाई सीमामा खटाउनुपर्ने माग राखेका हुन् । देश अस्तित्वमा रहनका लागि भूगोल अपरिहार्य हुने उल्लेख गर्दै उनले सीमा सुरक्षाको संवेदनशीलतामाथि खेलबाड गर्न नहुने बताए ।

यसैगरी, सीमा क्षेत्रका बारे प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद साम्पाङले प्रधानमन्त्रीले तत्काल आफ्नो भनाइ सच्याउनुपर्नेसमेत माग गरे ।

Skip This

Omoda E5 Pro