‘प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न दिँदैनौँ’- पद्मा अर्याल


काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी दिएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपनेता अर्यालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी हुन् ।

सांसद अर्यालले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती भएको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग गरिन् । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै सम्झौता हुन नसक्नेमा उनले जोड दिइन् ।

प्रधानमन्त्रीको राष्ट्रियता विरोधी गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण संसद् अवरोध गर्नुपरेको प्रष्ट पार्दै उनले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ र माफी नआएसम्म एमालेले विरोध जारी राख्ने संकेत गरेकी छन् ।

Skip This

Omoda E5 Pro