काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ वटा स्थायी प्रहरी चौकीहरू अत्यन्त जीर्ण अवस्थामा रहेको बताएका छन् । पर्याप्त बजेट अभावका कारण ती जीर्ण संरचनाहरूको पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको उनले गुनासो गरे ।
शान्ति सुरक्षा कायम गर्ने अग्रपंक्तिमा खटिने प्रहरी इकाइहरूको भौतिक अवस्था कमजोर हुँदा दैनिक कार्यसम्पादन र जनशक्ति व्यवस्थापनमा समेत असर परिरहेको महानिरीक्षक कार्कीको भनाइ छ ।
बजेटको सीमा र स्रोत साधनको अभावलाई पूर्ति गर्न उनले स्थानीय सरकारसँगको साझेदारी मोडल अघि सारेका छन् । स्थानीय तहहरूको समन्वय र सहकार्यमा चौकीहरू निर्माण गर्न सके कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूले न्यूनतम मानवीय सुविधा पाउन सक्ने उनले उल्लेख गरे । सुरक्षित र सुविधायुक्त कार्यस्थलले प्रहरीको मनोबल उच्च बनाउने भन्दै उनले जीर्ण चौकीहरूको स्तरोन्नतिका लागि स्थानीय निकायसँग समन्वय भइरहेको समेत जानकारी दिए ।



प्रतिक्रिया