काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)नेता नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू विभिन्न समयमा सरकार र राज्यका जिम्मेवार पदमा रहेकाले यस अवस्थाप्रति जिम्मेवार रहेको स्वीकार गर्दै नेपाली जनतासँग माफी माग्न चाहेको बताए ।
उनले भने, ‘म विभिन्न समयमा सरकारमा, राज्यको ओहोदामा बसेको कारणले सडकआश्रित नागरिकको व्यवस्थापन गर्ने कुरा राज्यको प्रमुख दायित्व हो । यद्यपि राज्यले मात्रै त दुनियाँमा कतै पनि यो गर्न सक्दैन । तर पनि प्रमुख भूमिका राज्यकै हुनुपर्छ । राज्यले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिसहितका कुरामा फड्को मार्नेदेखि यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो, गर्न सकेन । म आफू पनि एक हदसम्म जिम्मेवार ठहराउँदै नेपाली जनतासामु आत्मआलोचना गर्न चाहन्छु, माफी माग्न चाहन्छु । अब हामी सबै मिलेर यो कामलाई अगाडि बढाउनुपर्छ ।’



प्रतिक्रिया