सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेट सहित सुनसरी बराहाक्षेत्र नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगपालिका-२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया