काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे पौडेललाई जानकारी गराएका थिए । त्यस्तै भेटमा समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यबारे पनि संवाद भएको स्रोतले बताएको छ।



प्रतिक्रिया