परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले परीक्षा हलभित्र भेटिएका मोबाइल फोन र त्यसको डाटा नष्ट नगर्न आदेश दिएको छ ।

सिरहाका परीक्षा हलभित्र भेटिएका मोबाइल फोनहरू प्रहरीले पानीमा डुबाएर नष्ट गरेपछि सर्वोच्च अदालतले त्यसो नगर्न आदेश दिएको हो ।

अधिवक्ता अनिल कुमार साहसमेतको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतले ‘किन त्यसरी मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट गरिएको हो ?’ भन्नेबारे कारण पेस गर्न पनि सरोकारवाला निकायलाई आदेश दिएको छ ।

Skip This

Omoda E5 Pro