३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान


काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ तथा कदर पत्र प्रदान गरेका छन् ।

बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष सुशोभन कार्यक्रमका बिच प्रधानसेनापतिले व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने सैनिकहरूलाई सम्मान गरेका हुन् ।

आफ्नो जिम्मेवारीलाई उच्च पेसागत मर्यादा, व्यावसायिक चरित्र र सैनिक मूल्य मान्यता अनुरूप उत्कृष्ट ढङ्गले पूरा गर्ने सैनिकहरूको कदर स्वरूप यो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

विशेष गरी संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमित रहेर परिस्थितिको सही मूल्याङ्कन गर्दै कर्तव्य पालना गर्ने सैनिकहरू यस पटक सम्मानित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Skip This

Omoda E5 Pro